२०८१ बैशाख १२ गते बुधवार

नेपालगञ्ज–कोहलपुर सडकखण्ड आज पनि अवरुद्ध

नेपालगञ्ज ,पुस १९ । नेपालगञ्जमा आज पनि सडक अवरुद्ध पारिएको छ ।

ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले आज पनि सडक अवरुद्ध पारेका हुन् ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो ।

दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन भन्ने टेन्सन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *