२०८२ मङ्सिर २४ गते बुधवार

दशैँको आज छैटौँ दिन ः कात्यायनी भगवतीको पूजा गरिँदै

काठमाण्डौ ,असोज १५ । बडादशैँ अन्तर्गत आज छैटौँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।

आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।

नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आज देभरका देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भिड लागेको छ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *