तुलसीपुर,असोज ६ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी.लि.शाखा कार्यालय तुलसीपुरले आफ्नो पाँचौ बार्षिकोत्सव रक्तदान गरी मनाएको छ ।
कम्पनी लि. शाखा कार्यालय तुलसीपुरकी प्रमुख शशि कुमारी डिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख श्यानी चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल रेक्रस सोसाईटि जिल्ला शाखा दाङका सभापती नारायण आचार्य , राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुख युवराज रावत लगाएले शिक्षासंग जोडिएको जिवन विमाले मानिसमा आत्मनिर्भर र बचत गर्ने बानीको बिकास गर्नुपर्ने बताए ।
विदेशी राष्ट्रहरुमा आफै बिमा हुने परिपाटी भएपनि नेपालमा विकाश हुन नसेको शिक्षाको कारणले नै भएको बताए ।
शिक्षाबाटै जिवन विमामा परिर्वतन ल्याउन सकिने र जिवन विमा अपरिहर्य रहेको बताए ।
सन नेपाल इन्स्योरेन्स कम्पनी.लि. घोराही शाखा प्रमुख रामलाल कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रदेश प्रमुख मोतीराम भट्टराईले गरेका थिए ।
उक्त कार्याक्रमा १३ जना सहभागीहरुले रक्तदान गरेका थिए ।