जनकपुरधाम, असोज ४ । सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
चार जना घाइते भएका छन्। सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले घलानलाई मृत घोषणा गरिदिएपछि उनको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।
चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घालान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङ घाइते छन्।
घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।
प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार