२०८२ असार ९ गते मङ्गलवार

रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला

रुकुम पश्चिम ,असोज ३ । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ ।

आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए ।

बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *