२०८१ साउन ५ गते शनिवार

डा. केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

धनगढी,असोज ३ । धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण(रिफर) गर्न सुझाव दिएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।

आइतबार डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *