२०८२ असार ७ गते आइतवार

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँके,असोज २ । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ।

पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *