२०८२ जेष्ठ १३ गते आइतवार

माछा मार्ने क्रममा बगेर युवती बेपत्ता

धनगढी ,असोज १ । कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् ।

धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *