अछाम ,असोज १ । अछाममा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । पहिरोमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् ।
अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।
प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिरोमा परि बेपत्ता छन् । ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको जानकारी दिए ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिरोमा परि ज्यान गुमाएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।
प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार