काठमाडौं ,असोज १ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा पदयात्रा कार्यक्रम गरेको छ ।
उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहानैदेखि पदयात्रा सुरू भएको हो ।
‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण-संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ एमालेले आज पृथक शैलीमा राष्ट्रिय दिवस मनाएको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको झण्डा र ब्यानर बोकेका छैनन् । तर ब्यान तुलमा भने नेपालको झण्डाको एक छेउमा एमालेको चुनाव चिन्ह सूर्य छ । यसका साथै ब्यान तुलमा प्रश्नात्मक शैलीमा ‘पढाइ कमाइ दबाइ रु’ लेखिएको छ ।
एसमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रिय सहभागीता रहेको सो कार्यक्रममा महासचिव इश्वर पोखरेललगायत शीर्ष नेता तथा कार्यकर्ताको उत्साहजनका उपस्थिति देखिन्छ ।