२०८१ साउन ९ गते बुधवार

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह

बुटवल,भदौ ३१ । रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् ।

यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ ।

१० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।

सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिएका छन् ।

खासगरी बेथरी–बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरू बाध्ने, सडकको क्षेत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा,सुन्दर र व्यवस्थित गाउँपालिका बनाउने अभियानलाई अवरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो ।

असोज ८ गतेभित्र सडक किनाराको अवरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *