हेकुली, भदौ ३० । दंगीशरण गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न समिति गठन गरेको छ ।
भूमि,दलित,भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धि सहजीकरण समिति गठन गरेको छ ।
जस्को सयोजकमा गाउँपालिका अध्यक्ष शम्भु गिरी रहेका छन् । गिरीको सयोजकत्वमा १२ सदस्य समिति गठन गरेको छ ।
स्थानीय तहबाट लागत संकलन सम्बन्धि कार्यबिधि २०७७ को दफा ३ बमोजिम उक्त समिति गठन गरेको संयोजक गिरीले बताए ।
यो समितिले पालिका भित्र रहेका राष्ट्रिय मान्यता प्राप्त क्रियासिल राजनैतिक दलहरुको उपस्थितमा बैठक बसेर गाउँपालिकाका सबै वडाको लागत संकलनको कार्य पुरा गरि सकेको छ ।
अब पहिलो चरणमा भूमिहिन सुकुम्बासीको जग्गा नाप जाँचको काम सुरु हुने अध्यक्ष गिरीले जानकारी दिए ।
जग्गा नापजाँचको कार्यमा सहयोग गर्न वडा स्तरिय सहजीकरण समितिले भूमिका खेल्ने उनले बताए ।
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार