२०८२ असार ६ गते शनिवार

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ ,भदौ २८ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताए ।

उनका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *