दाङ, भदौ २८ । रोल्पा प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ का ४० बर्षीय किशोर बुढा मगरलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पछिल्लो समय दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ पुरानो बसपार्क बस्दै आएका मगरलाई जिल्ला अदालतले आगु औषध मुद्दामा २०७६ चैत २९ गते १ बर्ष ६ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।
सोमबार पक्राउ पछि मगरलाई अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार