२०८२ जेष्ठ ३० गते शुक्रवार

गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते

गुल्मी ,भदौ २६ । गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट रेसुङ्गा नगरपालिका–६ निनीचौर बस्ने वर्ष ३० का यमबहादुर कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा अचानक चितुवाले कुँवरलाई आक्रमण गरेको थियो ।

चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच केहीबेर घम्साघम्सी भएको थियो।

चितुवाले आक्रमण गर्दा कुँवरको हात र खुट्टामा चोट लागेको छ । कुँवरले प्रतिरक्षा गर्दा चितुवा मरेको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पाच्यले जानकारी दिए ।

चितुवाले कुँवरको फार्ममा साना र ठूला गरी ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

पछिल्लो समय गुल्मीका ग्रामीण भेगहरुमा चितुवाको त्रास बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *