तुलसीपुर, भदौ २४ । सल्यानको त्रिवेणी गाउँपालिका लुहाम निवासी स्वर्गीय धुर्वप्रसाद श्रेष्ठको स्मृति दिवसमा छात्रबृत्ति प्रदान गरिएको छ ।
श्रेष्ठको स्मृतिमा स्थापनामा गरिएको छात्रवृति अक्षयकोषबाट हरेक वर्ष स्मृति दिवसमा छात्र वृति प्रदान गरिदै आइएको छ ।
शुक्रबार गाउँपालिकास्तरिय सामुदायिक विद्यालयबाट कक्षा ५ मा उत्कृष्ट छात्र सरस्वती प्रा.बि कोलचौरका भानुभक्त कवर, उत्कृष्ट छात्रा आधारभुत बिद्यालय दाङचुलीकी अनिता भण्डारी र उत्कृष्ट दलित आधारभुत बिद्यालय पशुपतिका देबराज बिकलाई जनही ६ हाजरका दलरले नगद प्रदान गरिएको हो ।
उनीहरुलाई स्कुल ब्याग र शैक्षिक सामाग्रीसमेत प्रदान गरिएको थियो । श्रेष्ठकी श्रीमती तथा स्थापित अक्षयकोषकी अध्यक्ष रेमु श्रेष्ठले नगद तथा शैक्षिक सामाग्री प्रदान गरेकी थिइन ।
कार्यक्रमा त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, पूर्व अध्यक्ष मानबहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुन, शिक्षा शाखा प्रमुख गणेशप्रसाद आचार्य लगाएतको उपस्थितिमा छात्र बृत्ति तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम भएको थियो ।