२०८२ असार ९ गते मङ्गलवार

गायिका अरुणा लामाको जन्म जयन्ती मनाइँदै

काठमाण्डौ,भदौ २४ । नेपाली गायन क्षेत्रका सुप्रसिद्ध गायिका अरुणा लामाको आज जन्म जयन्ती मनाइँदै छ ।

२००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीति यात्रा अघि बढेको थियो ।

उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका धेरै गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *