काठमाडौँ,भदौ २३ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचित तथा पराजित उम्मेदवारलाई खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिको उम्मेदवारहरूले आफू उम्मेदवार भएको कार्यालयमा ७ दिन भित्रमा खर्चको विवरण सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ ।
उम्मेदवारले सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेर प्रदेश, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा बुझाउनुपर्ने छ ।
आयोगका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनमा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार