२०८१ पुष २९ गते सोमवार

सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

काठमाण्डौ,भदौ २२ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो ।

घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् ।

प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् ।

नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *