२०८२ जेष्ठ ३० गते शुक्रवार

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी,भदौ २१ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

आज (मंगलवार) बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *