२०८१ चैत्र १२ गते मङ्गलवार

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले गर्‍यो रक्तदान कार्यक्रम

अर्घाखाँची,भदौ २० । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।

निजामती सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालयअगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो।

केन्द्रले दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, चेस प्रतियोगितालगायत खेल सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *