२०८२ असार ७ गते आइतवार

भारतमा बस दुर्घटनामा ज्यान गुमाएका ३ जना नेपालीको परिचय खुल्यो

एजेन्सी । भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । ट्रकले बसलाई ठक्कर दिँदा अरू २४ जना घाइते भएका छन् ।

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ‘द टाइम्स अफ इन्डिया’ले जनाएको छ ।

ज्यान गुमाउनेमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रेम थारु र शीतल थारु तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर वली रहेका छन् ।

मृतक एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये १४ जना नेपाली रहेका छन् । उनीहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर परिवर्तन गर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै ‘द टाइम्स अफ इन्डिया’ले जनाएको छ ।

बसमा झन्डै एक सय ५० जना यात्रु रहेकोमा ६० जनाभन्दा धेरै नेपाली कामदार थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *