२०८२ असार ५ गते शुक्रवार

बुटवल–पाल्पा सडक दुई दिनदेखि अवरुद्व

बुटवल,भदौ १७ । बिहीबारदेखि अवरुद्ध बुटवल-पाल्पा सडक खुलाउने प्रयास अझै सफल हुन सकेको छैन ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।

बिहीबार साझदेखि डाइभर्सन गरि सडक खुलाउने प्रयास जारी रहे पनि रातिदेखि परेको वर्षाले काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बिहीबारदेखि सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरूलाई अर्घाखाँचीका विभिन्न सडक हुँदै गन्तव्यमा जान भनिएको छ भने स्याङ्जा पोखराबाट आएका सवारीहरूलाई मुग्लिन नारायणगढको सडक हुँदै जानका लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि शुक्रबार आज बिहानैदेखि प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए ।

सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरूको प्रयोग गर्न उनको आग्रह छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *