२०८२ जेष्ठ ३० गते शुक्रवार

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ,भदौ १७ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशभरकै मौसम बद्ली भएको छ ।

धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भोलि बेलुकादेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *