तुलसीपुर,भदौ १२ । बिजौरी उद्योग वाणिज्य संघले बिजौरी बजार क्षेत्र भित्र सिसि क्यामेरा राख्नका लागि पहल गर्ने भएको छ ।
सघंको बैठकले चोरी तथा अन्य कुनै अपराधिक घटना घटेमा उक्त सिसि क्यामेराको माध्यमवाट अत्याधिक सहयोग पुग्ने भन्दै बिजौरी बजार भित्र सिसि क्यामेरा राख्न त्यहाँ क्षेत्रका वित्तिय संस्थाहरुलाई आग्रह गर्ने समेत निर्णय भएको महासचिव विदुर गौतमले जानकारी दिए ।
साथै वैठकले हरितालिका तिजको पनि शुभकामना दिदैं नेपाली मैलिकतामा तिज पर्व मनाउन आग्रह गरिएको संघका महासचिव गौतमले जानकारी दिए ।
संघका अध्यक्ष प्रेमनाथ योगीले नेपालीहरुका चाडपर्वहरु आइरहेकाले यस अवधिका चोरी र अत्याधिक भिड हुने भएकोले पनि भिडभाडमा अलि वढि सजक रहन व्यापारीहरुलाई आग्रह गरे ।
संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार