२०८१ साउन ५ गते शनिवार

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा,भदौ ११ । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

झापा गाउँपालिका–६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार राती १० ः १० मा मादक पदार्थ सेवन गरी आएका हस्दाले श्रीमतीसँग झगडा गर्दै कोखामा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको घटनास्थलमै छटपटिएर मृत्यु भएको थियो । घटनापछि हस्दा फरार भएका थिए ।

उनलाई शनिबार बिहान ८ बजे कचनकवल गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा नाका नजिकैबाट पक्राउ गरिएको डीएसपी पाठकले बताए ।

श्रीमान् श्रीमती मजदुरी गरी परिवार पाल्दै आएका थिए । उनीहरूका छोरा हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *