२०८२ जेष्ठ ३० गते शुक्रवार

कैलालीमा हत्कडीसहित भागेका युवक पक्राउ

कैलाली,भदौ ११ । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ ।

चौधरी गाँजा सेवनकर्ता भएको खुलेपछि घरमा खानतलासी गर्दा ४७ किलो गाँजासमेत फेला परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीका बुवा शम्भुले छोराले कुटपटि गरेको निवेदन दिएपछि शुक्रबार प्रहरीले शंकरलाई पक्राउ गरेको थियो तर पक्राउ गरेर इलाका प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा उनी हत्कडीसहित भागेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *