२०८२ असार १ गते सोमवार

रुपन्देहीमा बन्दको आंंशिक प्रभाव,सालझण्डीमा शंकास्पद वस्तु भेटियो

बुटवल,भदौ ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक रुपमा परेको छ ।

रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरु खुलेका छन् । सडकमा निजी सवारी साधनहरु पनि चलेका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् ।

उद्योग,कलकारखाना सञ्चालन भएका छन् तर विद्यालय र क्याम्पसहरुको पठनपाठन प्रभावित भएको छ ।

बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *