२०८१ साउन ९ गते बुधवार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा भट्टराई

बुटवल,भदौ ५ । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २३ औ साधारणसभाले खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।

उपसभापतिमा कपिल ज्ञवाली,सचिवमा कृष्ण पाण्डे , सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुईटेल चयन भएका छन ।

त्यस्तै अर्जुन कुवर,अर्जुन ज्ञवाली,कृष्ण भण्डारी,मोहनीलाल न्यौपाने,रत्ना कडेंल,केशवराज पाण्डे,सिता पौडेल,नन्दु थापा रहेका छन् । बांकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ । नयां नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ ।

साधारणसभाको बन्दसत्रमा कार्यक्रममा अध्यक्ष डिपि खनाल र कोषाध्यक्ष धना खनालको प्रतिबेदन पारित गरिएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २३ औ साधारणसभाको बुटवलमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले शान्तिपूणर् आन्दोलनले सकारात्मक परिवर्तन गर्ने बताएका छन ।

उनले विश्वमा भएका हिंसात्मक आन्दोलन भन्दा शान्तिपूणर् आन्दोलनले बिजयी प्राप्त गर्ने गरेको भन्दै उहाले गान्धि,गौतमबुद्ध र शान्ति समाजका आन्दोलनहरु सधै शान्तिपूर्ण हुने उल्लेख गरे।

मन्त्री चौधरीले नेपालका राजनीतिक परिवर्तन साथै समाज रुपान्तरणमा मानव अधिकार तथा शान्ति समाजको भूमिका प्रशंसायोग्य रहेको बताए । अबको बाटो आवश्यकता र समाज हेरेर अघि बढ्नुपर्ने भन्दै उनले शासकलाइ सहि बाटोमा हिडाउन शान्ति समाजले अभियान चलाइरहनुपर्ने उल्लेख गरे ।

सो अबसरमा सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताए । कार्यक्रममा सल्लाहकार तथा केन्द्रिय निवर्तमान सभापति उत्तम पुडासैनीले पृथ्वी बचाउने अभियान सबैभन्दा महत्वपूर्ण रहने बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *