२०८२ माघ २५ गते आइतवार

तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते

तनहुँ,भदौ ३ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन । चित्रबहादुर र उनको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *