२०८२ असार १ गते सोमवार

आज पनि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, पक्राउ परेकालाई रिहाइ गर्न माग

काठमाडौं,भदौ २ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका स्थानीयहरुले आज पनि अवरोध गरेका छन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले बिहानैदेखि अवरोध गरेका हुन्।

‘पक्राउ परेका एकजना स्थानीयलाई छाडेर मात्र फोहोर फाल्न दिन्छौं भनेर उहाँहरुले भन्नुभएको हो,’ प्रवक्ता मानन्धरले भने,‘हिजो भएको ४ बुँदे सहमतिमा सो विषय समावेश नभएको भन्ने उहाँहरुको गुनासो छ।’

बुधबार नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रहरी अधिकारीसहित बसेर ४ बुँदे सहमति गरेको थियो।

सो सहमतिमा पक्राउ परेकालाई रिहाइ गर्ने विषय उल्लेख नभएपछि स्थानीयहरूले अवरोध गरेको मानन्धरले बताए।

काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित भएको छ। सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयहरु आक्रोशित हुँदै आएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *