२०८१ माघ ३० गते बुधवार

नेदरल्याण्ड पठाइदिन्छु भन्दै एक करोड ३६ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौँ,साउन ३० । नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ घर भइ हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन्।

मुन ह्युमन रिसोर्स प्राली सञ्चालनक राईले रसुवाको गोसाइकुण्ड नगरपालिका घर भइ हाल काठमाडौँमा बस्दै आएकी २७ वर्षीया निमा काल्तेन तामाङसहित १६ जनाबाट एक करोड ३६ लाख ५० हजार ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान केन्द्रका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार राईले ती १६ जनाबाट मासिक ७५ लाख कमाइ हुन्छ र जानको लागि १६ लाख लागत लाग्छ भनि प्रलोभन देखाएर रकम ठगी गरेको पीडितहरू बताउँछन्।

आइतबार कोटेश्वरबाट पक्राउ गरिएका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *