२०८२ बैशाख ११ गते बुधवार

सुर्खेतका दुई जना जंगलमा मृत फेला परे


दाङ, साउन २९ । सुर्खेतका दुई जना बर्दीया राष्ट्रिय निकुञ्जको बफर जोनमा मृत अवस्थामा फेला परेका छन् । उनीहरु आइतबार बिहान घाँस काट्न भनेर गएका थिए ।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि ओली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उनीहरु घर फर्किएर नआएपछि बेलुका चार तिर स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र स्थानीयको संयुक्त टोली खोजीमा गएको थियो ।

सोही टोलीले घरदेखि करिब पाँच सय मिटर टाढाको राष्ट्रिय निकुञ्जको बफर जोनमा उनीहरू दुबै जनाको शब फेला पारेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जंगली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको पूर्व अनुमान भइरहेको बताए ।

चन्दको पेट र ओलीको घाँटीको भागको मासु निकालेको अवस्थामा शव फेला परेको कार्कीले जानकारी दिए ।

करिब दुई सय मिटर आसपासको दुरीमा उनीहरुको शब फेला परेको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *