२०८२ जेष्ठ ३० गते शुक्रवार

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

काठमाण्डौ,साउन २८ । चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट बिहान ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकमा कति जना रहेका थिए खुलिनसकेको चितवन प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *