सिमकोट,साउन २७ । हुुम्लामा ३४ हजारभन्दा बढी मतदाता हुने भएका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि ५२३ नयाँ मतदाता थपिएका हुन्।
उक्त मतदाता साउन १९ सम्म निर्वाचन कार्यालयमा थपिएको निर्वाचन कार्यालयका प्रवक्ता श्यामबहादुर रानाले जानकारी दिए।
उनका अनुसार स्थानीय तह निर्वाचनपछिको ८० दिनमा उक्त मतदाता थपिएका हुन्। यसबाट अब मंसिर ४ गतेको संघीय र प्रदेश सभा निर्वाचनका लागि कुल ३४ हजार ४१० मतदाता हुने भएका छन्।
यसमा महिला मतादाताको संख्या १६ हजार ३६६ पुगेको छ भने पुरुष मतदाताको संख्या १८ हजार ४१० पुगेको छ।
यसअघिको स्थानीय तह निर्वाचनमा हुम्लाको मतदाता संख्या ३३ हजार ८८७ थियो। यो अवधिमा १३ जना जिल्ला बाहिरका मतदाताले आफ्नो नाम दर्ता गरेका छन्।
प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार