२०८१ असार ३१ गते आइतवार

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाण्डौ,साउन २७ । आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता स् सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ।

युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् ।

७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

आज, भोलि र पर्सिसम्म चल्ने सम्मेलनको नारा उद्यमी युवा समृद्ध देश -दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने तय गरिएको परिषद्ले जनाएको छ ।

यस्तै, राष्ट्रिय युवा परिषद्ले नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना पुरस्कार जित्नेलाई आज पुरस्कारसहित प्रमाणपत्र वितरण गर्दैछ ।

परिषद्ले हिजो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *