२०८१ जेष्ठ ६ गते आइतवार

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

गुल्मी,साउन २२ । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ परेका छन् ।

गुल्मीको ​ मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरमाथि ती महिलालाई मालिका गाउँपालिका६– राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *