२०८१ बैशाख १९ गते बुधवार

बाघको छालासहित चार जना पक्राउ

कैलाली,साउन २० । प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।

बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेशप्रकाश जोशीले उनीहरूलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको बताए ।

उक्त जीप बुडरबाट धनगढी तर्फ जाँदै गरेको अवस्थामा उनीहरूको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको डिएसपी जोशीले बताए ।

पक्राउ परेका चारै जनालाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने डिएसपी जोशीले बताए ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *