२०८१ बैशाख १९ गते बुधवार

वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

काठमाण्डौ,साउन १९ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो ।

उनीमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायतका आरोप थिए । अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

यसैबीच सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ ।

मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *