२०८३ असार २८ गते आइतवार

सप्तकोसीमा ठूलो बाढी, केही बस्ती जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ,साउन १७ । सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । पहाडी जिल्लामा हिजो सोमवारदेखि परेको ठूलो पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्नेछन् ।

नदी किनारका केही बासिन्दाले सुरक्षित ठाउँको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *