बेनी,साउन १७ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् ।
तामिङका ३७ वर्षीय घामबहादुर विकको घर पहिरोले बगाउँदा उनीसहित परिवार पाँच जना सदस्यको मृत्यु भएको हो ।
म्याग्दी प्रहरीका अनुसार बिककी श्रीमती, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको हो । पहिरोमा परी विकका छोराहरु १३ वर्षीय राजन र १५ वर्षीय नविनको शव बिहान फेला परेको थियो ।
वेपत्ता घामबहादुर, उनकी श्रीमती राममाया र ८ वर्षीय छोरी रोजीको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए ।
बिहान सुतिरहेको समयमा घर माथिबाट आएको पहिरोले विकको घर पुरेको स्थानीय समबहादुर विकले जाकारी दिए ।
प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार