२०८२ चैत्र १ गते आइतवार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पूर्वपश्चिम राजमार्ग पनि प्रभावित

काठमाडौं,साउन १७ । पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन ।

लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहाँ जाम लागेको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्ने देखिएकोले आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पनि पहिरो खसेको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *