२०८२ असार ६ गते शनिवार

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर,साउन १६ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घण्टामा १८४ मिलिमिटर पानी परेको छ।

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *