काठमाडौँ,साउन १२ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहर ढुवानी गर्ने गाडीलाई रोकेका छन् ।
सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहर बोकेर गएका काठमाण्डौ महानगरपालिकाका गाडीलाई रोकेका हुन् ।
‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हुन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भनेस् ‘केहीबेरलाई फोहर ढुवानी हुन पाएन । अब ढुवानी हुन्छ । स्थानीय बासिन्दाको माग अनुसार दुईतर्फी नै सडक मर्मत हुन्छ ।’
सडक मर्मतका लागि भन्दै काठमाण्डौ महानगरले एक हप्ताअघिदेखि फोहर उठाएको थिएन ।
आजदेखि फोहर उठाउने भनिए पनि समस्या भएको छ । फोहर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ ।
प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार