२०८२ फाल्गुन २१ गते बिहिवार

गुल्मीमा बालिका बलात्कार गरेको आरोपमा अधिकारी पक्राउ

गुल्मी,साउन १२ । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय भूपाल अधिकारी पक्राउ परेका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ४ का अधिकारीले बालिकालाई साउन १० गते साँझ ७ बजे जबरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

अधिकारीले बालिका फुपूको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार बनेका थिए ।

उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *