पाल्पा, साउन १२ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित झिरुबासमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि तानसेनतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार