२०८२ माघ २९ गते बिहिवार

प्रहरी छापामा अवरोधको प्रयास, ७ महिला पक्राउ

काठमाडौं,साउन ९ । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।

तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।

छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *