तुलसीपुर,साउन १ । लायन्स क्लब अफ दाङका कोषाध्यक्ष सामाजिक अभियान्ता लायन गोरख बहादुर वलिले नातिनी एरिका वलिको दोस्रो जन्मदिनको अवसरमा तुलसीपुर ६ गाइडहर स्थित मानवसेवा आश्रममा खाना बितरण एवम् सामाग्री वितरण गरेका छन ।
आइतवार लायन्स क्लव अफ दाङको आयोजनामा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा एवम् डिस्ट्रीक्ट घद्दछ ल् का सिनियर डिस्ट्रीक्ट चिप लायन गणेश पार्धे र रिजन चियरपर्सन लायन सुरेश हमालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्स तथा लियो क्लवबाट लायन गणेश अधिकारी, लायन सन्दिप भुसाल, लायन कमल डिसि, लायन देवराज गौतम, लायन प्रमोद सोनि, लायन दिपक रेग्मी, लियोका अध्यक्ष लियो निर्मल खड्का, त्रिशिद्देश्वरी यातायात प्रा.लिका सचिव प्रकाश भट्ट, लुम्बिनी प्रदेश ट्रक यातायात समिती सदस्य ईश्वरी पाण्डे, युवा व्यवसायी डम्बर बहादुर डाँगी लगाएतको उपस्तिथि रहेको थियो।
कार्यक्रममा मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोशीले खाद्यान्न तथा सामाग्री स्वीकार गर्दै धन्यवाद दिएका थिए ।
क्लवका कोषाध्यक्ष लायन गोरख वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका सचिव लायन पुर्णबहादुर भण्डारीले संचालन गरेका थिए भने झन्डाको अभिबादन लायन कोमल डिसिले गरेका थिए ।