बंगलाचुली,असार ३१ । दाङको बंगलाचुली गाउँपालिकामा चट्याङ लागेर एकै घरका २ जना घाईते भएका छन् ।
चट्याङ लागेर बंगलाचुली गाउँपालिका वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाईते भएकी हुन ।
शुक्रवार दिउंसो करिव ३ वजे तिर अविरल वर्षा संगै परेको चट्याङ लागेर उनीहरु घाईते भएको स्थानीय मानबहादुर वलीले जानकारी दिए ।
घाईते दुबै जनालाई उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा लागिएको छ ।
दिउँसोको समयमा घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा उनीहरु घाईते भएका हुन । चट्याङले घरमा समेत क्षती पु¥याएको बताईएको छ ।
चट्याङलागेर घरका अन्य सदस्यहरु समेत वेहोस भएको तर अहिले उनीहरु होसमा आएको र स्वास्थ्य अवस्था सामन्य रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
