तुलसीपुर,असार ३० । तुलसीपुरकी एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । तुलसीपुर–८ कृष्णमन्दीर निवासी २५ वर्षिय कल्पना कडेँल कार्की धादिङको मलेखु माइतीघरबाट घर तुलसीपुर फर्कने क्रममा बेपत्ता भएकी हुन ।
चार दिन अघि घरयासी कामका लागि माइतमा पुगेकी कल्पना गत मंगलबार असार २८ मा धादिङको मलेखुमा रहेको माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कबिहिन भएको आफन्त दाई शेरबहादुर पठाइले जानकारी दिए ।
कल्पनाका श्रीमान मनबहादुर कार्की चार वर्ष देखि वैदेशिक रोजगारीका लागि बिदेशमा छन । घरमा सासु ससुरासंग बसिरहेकी कल्पनाले तीन वर्षको छोरालाई घरमै छोडेर माइतीमा गएको र माइतीघरबाट घर फर्कनेबेला वेपत्ता भएको परिवारले जनाएको छ ।
कल्पनाले घरबाट नागरिकता बाहेक अरु कुनै सामान नलिएको आफन्त दाई पठाइले बताए । माइत गएकी बुहारी बेपत्ता भएपछि परिवारले खोजिका लागि प्रहरीलाई बिहिबार बिहान निवेदन दिएको उनले बताए ।
मोबाईल पनि माइतीमै छोडेर सम्पर्कबिहिन भएकोले खोजी गर्न समस्या भएको परिवारले जनाएको छ ।